शनिबार, पुष ५, २०८२

एकैदिन तोलामा झण्डै १६ हजारले घट्यो सुनको मूल्य

मेरोन्यूज २०८१ मंसिर १० गते ११:२५

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा १५ हजार रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदी मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेर १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

हिजो प्रतितोला चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया