इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन , १४ प्रहरी घाइते

इस्लामबाद । पुर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा भब्य प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारीहरूले हानेको ढुंगा लागेर प्रहरी अधिकारी घाइते भएको जनाइएको छ । दुवै क्याम्पबाट पीटीआई कार्यकर्ता र प्रहरीबीच झडपको खबर आउन जारी छ।
प्रदर्शनकारीले हानेको ढुङ्गाले लागेर घाइते भएका १४ अधिकारीलाई अस्पतालमा भर्ना गरेको बताएको छ। पीटीआई कार्यकर्ताहरूले दावी गरे कि प्रहरीले भीडमा अश्रु ग्यास प्रहार गरिरहेको छ र उनीहरूलाई लाठीहरू लिएर आक्रमण गरिरहेको छन्।
सोमबार बिहान इस्लामावाद भरि दर्जनौं प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको थियो, स्थानीय अधिकारीहरूका अनुसार कम्तिमा ४ व्यक्ति पक्राउ परेका छन ।
मध्य इस्लामावादको ठूलो शहर स्क्वायर डी चोकमा धेरै महत्त्वपूर्ण सरकारी भवनहरू नजिक उक्त प्रदर्शन भइरहेको छ । ।
संघीय आन्तरिक मन्त्री मोहसिन नक्वीले भनेका छन, ‘पुलिसले डी चोकको अनुगमन गरिरहेको छ र जो कोहीलाई पनि स्क्वायरमा पाइला छिर्न दिइने छैन ।’













आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया