शान्ति वार्ता चलिरहँदा इजरायली आक्रमण जारी

जेरुसेलम । अहिले अमेरिकी मध्यस्थतामा मध्यपूर्वका युद्ध विरामको सम्भावना बढ्दै गर्दा इजरायलको आक्रमण भने जारी छ। गएको २४ घण्टामा लेबनानमा भएको आक्रमणमा ३१ जनाको ज्यान गएको छ।
गाजामा समस्या अझ थपिएको छ। हावा र हुरीको कारणले विस्थापितका १० हजार पाल पनि नासिएका छन्। यसरी पाल भत्किएपछि त्यहाँको दर्दनाक दृश्य बाहिर आउन थालेका छन्। यसैबिच विश्व स्वास्थ्य सङ्गठनले इजरायलले उत्तरमा रहेको कमल आडवा अस्पतालमा गरेको आक्रमणको निन्दा गरेको छ।
समाचारका अनुसार पछिल्लो समय इजरायली क्याबिनेटमा युद्ध विरामका बारे छलफल भएको छ। अहिलेको वार्ताको विषय संयुक्त राष्ट्र सङ्घीय रिसोलुसन १७०१ सँग सम्बन्धित छ।
यस अनुसार हिजबुल्लाहले लेबनानको लिटानी नदीको उत्तरबाट सेना हटाउनुपर्ने छ। यसैगरी त्यसबाट दक्षिणी भागमा लेबनानी सेना रहन सक्ने छन्। यसबाट इजरायलको सुरक्षामा कुनै खतरा हुने छैन।
युद्ध विरामअघि बढी रहेको समयमा अन्तर्राष्ट्रिय अपराध अदालतले जारी गरेको इजरायली प्रधानमन्त्री बेन्जानिम नेतान्याहु र पूर्व रक्षा मन्त्री युसुफ गालान्टको वारेन्ट पत्रका बारे छलफल हुन नै बाँकी छ। फ्रान्स लगायत देशले त्यसको समर्थन गरी सकेका छन्। अहिलेको वार्ता भने अमेरिकी दूत र इजरायलको पक्षमा भइरहेको छ । यसपछि नै साउदै अरेबियाको पनि मध्यस्थतामा वार्ता हुने जनाइएको छ।
सोमबार संयुक्त राष्ट्र सङ्घका लागि इजरायली राजदूत डेनी डानोनले पनि वार्ताको धेरै नजिक पुगिसकेको जनाएका छन्।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया