इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
मेरोन्यूज
२०८१ मंसिर ११ गते १६:४४

जकार्ता। इन्डोनेसियाको सुमात्रा टापुका चार प्रान्तमा बाढी र पहिरोको प्रभाव बाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको जनाइएको छ ।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले सुमात्रा टापुका कारो, डेली सर्डाङ, दक्षिण तपानुली र पडाङ लाससहित चार प्रान्तमा आकस्मिक बाढी र पहिरोले असर पारेको मङ्लबार जनाएको छ ।
घटनाको पुष्टि गर्दै एजेन्सीले बाढी पहिरोमा परी दुई जना अझै बेपत्ता रहेको जनाएको छ ।
पछिल्लो समयमा इन्डोनेसियाले वर्षाको मौसममा चरम मौसमी प्रतिकुलताको श्रृङ्खलाको सामना गरेको छ, भने जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण बारम्बार यस्ता सम्स्याको सामना गर्न बाध्य हुनु परेको जनाएका छन्
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया