बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
मेरोन्यूज
२०८१ मंसिर १२ गते ९:२१

भद्रपुर (झापा) । मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो ।
बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ । सवारी दुर्घटनामा मृत्यु पूर्व– पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललित बहादुर थापाको मृत्युभएको हो । निजलाई विपरीत दिशाबाट आएको जिपले ठक्कर दिएको थियो । जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया