प्रधानमन्त्रीको चीन भ्रमणको संघारमा बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताको बैठक
मेरोन्यूज
२०८१ मंसिर १२ गते १३:२७

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको शीर्ष नेताहरूको बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टीको शीर्ष नेताहरूको बैठक बसेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति देउवासहित बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्क र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतलगायत शीर्ष नेता सहभागी थिए ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, चिनियाँ परियोजना बीआरआईलगायतको विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जाने मिति नजिकिएपछि काँग्रेसले पार्टीभित्र पनि बीआरआईको विषयमा छलफल चलाइरहेको छ। बीआरआई अन्तर्गत ऋण स्वीकार नगर्ने, अनुदान भएमात्रै लिने काँग्रेसको नीति छ ।
प्रधानमन्त्री ओलीले पनि ऋणसम्बन्धी सम्झौता नहुने बताउँदै आएका छन् ।
सम्बन्धित









बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
एनपीएलमा आज दुई खेल हुँदै
हाम्रो मुख्य लक्ष्य चुनाव हो, यसैको वातावरण बनाउँदै छौं : मन्त्री खरेल
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
प्रतिक्रिया