प्रधानमन्त्रीको चीन भ्रमणको संघारमा बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताको बैठक
मेरोन्यूज
२०८१ मंसिर १२ गते १३:२७

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको शीर्ष नेताहरूको बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टीको शीर्ष नेताहरूको बैठक बसेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति देउवासहित बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्क र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतलगायत शीर्ष नेता सहभागी थिए ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, चिनियाँ परियोजना बीआरआईलगायतको विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जाने मिति नजिकिएपछि काँग्रेसले पार्टीभित्र पनि बीआरआईको विषयमा छलफल चलाइरहेको छ। बीआरआई अन्तर्गत ऋण स्वीकार नगर्ने, अनुदान भएमात्रै लिने काँग्रेसको नीति छ ।
प्रधानमन्त्री ओलीले पनि ऋणसम्बन्धी सम्झौता नहुने बताउँदै आएका छन् ।
सम्बन्धित
















दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
प्रतिक्रिया