मकवानपुरमा साथीको साबेलले हिर्काएर हत्या
मेरोन्यूज
२०८१ मंसिर १३ गते ८:३८

हेटौंडा । मकवानपुरमा साथीबाटै एक जनाको हत्या भएको छ। आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर मनहरी गाउँपालिका-६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन्।
आज बिहानपख साढे एक बजेको समयमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई साबेलले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उनले सुतिरेका मोक्तानमाथि एक्कासी साबेल किन प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया