श्रीलङ्कामा आँधीका कारण ४ जना बालबालिकाको मृत्यु

कोलम्बो । भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको र बाढीका कारण डुबेका अन्य चार बालकलाई उद्धार गरिएको श्रीलङ्काली उद्धारकर्मीले बिहीबार बताएका छन् ।
उद्धार टोलीका अनुसार श्रीलङ्कामा बाढीका कारण दुई लाख ५० हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
भारतीय मौसम अधिकारीहरूले दक्षिणपश्चिम बङ्गालको खाडीमा रहेको आँधी चक्रवाती आँधीमा परिणत हुन सक्ने ‘सम्भावना’ रहेको बताएका छन् ।
उत्तरी अटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा चक्रवातको जोखिम भएजस्तै यस क्षेत्रका लागि पनि चक्रबातको खतरनाक जोखिम रहेको पाइन्छ ।
श्रीलङ्काको तट पार गरिसकेपछि, आँधी भारतको दक्षिणी तमिलनाडु राज्यतिर उत्तरतर्फ अघि बढिरहेको जनाइएको छ ।
भारतीय मौसम विभागले शनिबार भारतको दक्षिणी तमिलनाडु र पान्डेचरी तटवर्ती क्षेत्रमा ७० किलोमिटर प्रति घण्टा सम्मको गतिमा प्रवाह हुने अनुमान गरिएको छ ।
श्रील्ङ्काको विपद् व्यवस्थापन केन्द्रले विस्थापित आफ्नो घर जलमग्न भएपछि सार्वजनिक भवनमा अस्थायी आश्रय खोजिरहेको जनाएको छ ।
सरकारले सेनाको सहयोगमा राहत कार्य सुरु गरेको जनाएको छ । विपद् व्यवस्थापन केन्द्रले अझै पनि बेपत्ताहरुको खोजी गरिरहेको उल्लेख गरेको छ ।
दक्षिण एसियाली क्षेत्रले वर्षासँग सम्बन्धित घातक बाढी र पहिरोजन्य जोखिम निरन्तर भोग्दै आएको छ । विज्ञहरूले भने जलवायु परिवर्तनका कारण यस्ता खालका समस्याहरू बढ्दै गएको उल्लेख गरेका छन् ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया