एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मेरोन्यूज
२०८१ मंसिर १३ गते २१:२३

काठमाडौं । एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म नि:शुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ ।
चितवन राइनोजले दिएको जानकारीअनुसार चितवनको खेल हुने दिन विहान ३ बजे प्रस्थान गर्ने गरी पाँचवटा बसको व्यवस्था मिलाइने छ ।
बस चितवनको चितवन मेडिकल कलेज (सीएमसी)बाट छुट्ने छ भने समर्थकहरूलाई टियू मैदानसम्म ल्याउने छ । खेलपछि फर्कने व्यवस्था पनि हुनेछ ।
यो सेवा लिनका लागि चितवनको खेलको टिकट काटिसकेको हुनुपर्ने छ । खाजाको पनि व्यवस्था गरिने जनाइएको छ ।
चितवनले आफ्नो पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग खेल्ने छ ।
सम्बन्धित










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया