आइतबार, फागुन ३, २०८२

लौ न प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर प्रचण्डले हप्तामा एकपटक खबर पठाउँछन् : महामन्त्री थापा

मेरोन्यूज २०८१ मंसिर १३ गते २१:२९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई हप्तामा एकपटक प्रधानमन्त्री बनिदिन आग्रह गर्ने गरेको दाबी गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार कीर्तिपुरको उपनिर्वाचनमा चुनावी सभालाई सम्बोधन गर्दै उनले दाहालले हप्तामा एक पटक कांग्रेसलाई प्रधानमन्त्री बन्न आग्रह गर्ने गरेको बताएका हुन्।

उनले नेपाली कांग्रेसले इमान्दारितापूर्वक वर्तमान सरकारलाई तीन वर्षसम्म अघि बढाउन चाहेको बताए। उनले सरकार तलमाथि गर्ने नभई आफूहरु परिणाम दिने गरी काम गरिरहेको बताए। उनले सरकारलाई स्थिर बनाउन कांग्रेस लागेको बताए।

उनले भने, ‘नेपाली कांग्रेस अहिले पनि संसदको सबैभन्दा ठूलो पार्टी हो। अहिले पनि प्रचण्डले हप्तामा एकपटक कांग्रेसलाई खबर पठाउनुहुन्छ, लौ न प्रधानमन्त्री बनिदिनुपर्‍यो। यो खबर पठाउने काम पहिला अर्कैले गर्दथ्यो। कांग्रेस संसदको सबैभन्दा ठूलो पार्टी हो अहिले पनि। उपद्रो गर्ने हो, चलखेल गर्ने हो भने सरकार तलदेखि माथि लैजाने संख्या कांग्रेससँग छ। प्रधानमन्त्री बन्न नसक्ने भएर हामीले प्रचण्ड र ओलीलाई प्रधानमन्त्री मानेका होइनौँ। यो बेलामा देशलाई स्थिर सरकार दिने कुरा महत्वपूर्ण हो।’

प्रतिक्रिया