शुक्रबार, पुष १८, २०८२

थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा ३ जनाको मृत्यु, १० घाइते

मेरोन्यूज २०८१ मंसिर १४ गते १४:२९

काठमाडौँ । थाइल्यान्डको राजधानी बाहिरको सामुत साखोनमा निर्माण स्थलमा एउटा क्रेन दुर्घटना हुँदा तीन जना श्रमिकको मृत्यु हुनुका साथै अन्य दश जना घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ ।

दुर्घटनामा परी तीन जना श्रमिकको घटनास्थलमै मृत्यु भएको तथा अन्य दश जना घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको सामुत साखोन प्रहरीका डेटचानाकोर्न चान्ताफुमले बताए।

दुर्घटनाको कारणबारे इन्जिनियर र प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ भने प्रारम्भिक अनुसन्धानमा अधिकारीहरूले अत्यधिक भारको कारणले दुर्घटना भएको आशङ्का गरेका छन् ।

गत मार्चमा बैङ्ककको पूर्वमा रहेको कारखानामा निर्माण कार्यका क्रममा क्रेन खस्दा सात जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया