हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य

काठमाडौँ । नेपालकै एफएमसिजीमा अग्रणी ब्रान्ड हाइलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपिएल)का लागि लुम्बिनी लायन्ससँग जर्सीमा सहकार्य गरेको छ।
क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको हो।
हरेक खेलाडी स्वस्थ राख्नुको साथै हरेक नेपालीलाई स्वस्थ जीवनशैली बाँच्न हाइलाइफका विभिन्न ब्रान्डले हरेक नेपालीको घर–घरमा हरेक दिन सहयोग पुुर् याउँदै आएको छ।
क्रिकेटमार्फत सम्पूर्ण युवालाई फिटनेस र टिमवर्कप्रति जागरुक गराउनुका साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटलाई अघि बढाउन यस कम्पनीको सदैव सहयोग रहनेछ।
हाइलाइफका विभिन्न खाद्य वस्तुमार्फत नेपाली पुस्ता र हरेक क्षेत्रका समुदायलाई जोड्न समेत यस कम्पनीको ब्राण्डहरुको विशेष भूमिका रहेको छ।
खाजाहोस् या खाना हरेकको भान्छामा यसका उत्पादन प्रयोग भइनै रहेका छन्। व्यस्त र आधुनिक जीवनशैलीअनुसार ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै गुणस्तरीय उत्पादन र प्याकेजिङलाई प्राथमिकता दिनु नै यस कम्पनीको विशषेता हो।
हाइलाइफले चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्सलगायत खाद्य उत्पादन तथा आयात गरी बजारीकरणसमेत गर्दै आएको छ। अन्य २ कम्पनीका उत्पादनलाई समेत हाइलाइफको माध्यमबाट बजारीकरण गर्ने गरिएको छ।
उपभोक्तालाई दिएको गुणस्तरीय सेवाका कारण मागले थेग्न सक्ने अवस्था नहुँदा अन्य कम्पनीका गुणस्तरीय उत्पादनलाई समेत बजार पुर् याउन यसले सहयोग गर्ने गरेको छ।
हरेक नेपालीका भान्छामा आवश्यक हरेक वस्तु उपलब्ध गराउने योजनाअनुसार कम्पनी छिट्टै अचार तथा खाने तेलसमेत उत्पादन गर्ने योजनामा छ।
नेपाली उत्पादनलाई कमसल र तल्लो स्तरको मान्ने नेपाली उपभोक्ताको मानसिकतालाई आफूहरूले परिवर्तन गर्न सफल भएको कम्पनीको दाबी छ। यसैगरी, गुणस्तरीय खाने तेलका लागि उद्योग सञ्चालनमा ल्याउने तयारी रहेको छ।
कम्पनीले हाल विभिन्न १५ वटा विधाका ८३ बढी खाद्य वस्तु उत्पादन गर्दै आएको छ। कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन गरिएको र उत्पादित वस्तु नेपालका सबै सहरका साथै विदेशमा हङकङ, मकाउलगायत देशमा बिक्री–वितरण हुुँदै आइरहेको भने अष्ट्रेलिया र अमेरिकामा समेत निर्यात गर्ने प्रक्रियामा छ।
















काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
असिनाले फलफूल र तरकारी बालीमा क्षति
Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया