जासुसी गरेको भन्दै चीनले पठायाे पत्रकारलाइ ७ बर्षको जेल सजायँ

बेइजिङ । चीनको एक अदालतले बरिष्ठ पत्रकार डोङ युयुलाई जासुसीको आरोपमा सात वर्षको जेल सजाय सुनाएको छ ।
उनको परिवारले यसबारे जानकारी दिदैँ जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भिर अन्याय हो ।’
शुक्रबारको आफ्नो फैसलामा कम्युनिष्ट पार्टीको बेइजिङ नम्बर २ मध्यवर्ती जन अदालतले गुआङ्मिङ डेलीका ६२ वर्षीय पूर्व सम्पादकलाई वरिष्ठ जापानी कूटनीतिज्ञहरूसँगको भेटेकै आधारमा दोषी ठहर गरेको उनको परिवारले जनाएको छ।
फैसला अनुसार तत्कालीन राजदूत हिदेओ तारुमी र वर्तमान सांघाईमा रहेका मुख्य कूटनीतिज्ञ मासारु ओकाडा लगायत जापानी कूटनीतिज्ञ डोङले भेटेका थिए, जसलाई ‘जासुसी संगठन’को एजेन्टको नाम दिइएको थियो।
प्रहरीले शुक्रबार अदालतको सुरक्षामा ७ प्रहरी कारहरू नजिकै पार्क गरेर बसेका पत्रकारहरूलाई क्षेत्र छाड्न आग्रह गरेको थियो।
‘कुनै प्रमाणले विश्वलाई चीनको न्याय प्रणालीको दिवालियापन घोषणा गर्दैन् भन्ने आधारमा सजाय सुनाइएको छ,’ परिवारको विज्ञप्तिमा भनिएको छ।
पेकिङ युनिभर्सिटी ल स्कूलबाट स्नातक गरेपछि डोङ सन् १९८७ मा गुआङ्मिङ डेलीमा सामेल भएका थिए र त्यसको कमेन्टरी खण्डको उपसम्पादकको जिम्मेवारीमा थिए।
उनका लेखहरूले राष्ट्रपति सी जिनपिङको प्रत्यक्ष आलोचना नगरे पनि मध्यम सुधारको वकालत गर्दै आएका थिए ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया