जासुसी गरेको भन्दै चीनले पठायाे पत्रकारलाइ ७ बर्षको जेल सजायँ

बेइजिङ । चीनको एक अदालतले बरिष्ठ पत्रकार डोङ युयुलाई जासुसीको आरोपमा सात वर्षको जेल सजाय सुनाएको छ ।
उनको परिवारले यसबारे जानकारी दिदैँ जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भिर अन्याय हो ।’
शुक्रबारको आफ्नो फैसलामा कम्युनिष्ट पार्टीको बेइजिङ नम्बर २ मध्यवर्ती जन अदालतले गुआङ्मिङ डेलीका ६२ वर्षीय पूर्व सम्पादकलाई वरिष्ठ जापानी कूटनीतिज्ञहरूसँगको भेटेकै आधारमा दोषी ठहर गरेको उनको परिवारले जनाएको छ।
फैसला अनुसार तत्कालीन राजदूत हिदेओ तारुमी र वर्तमान सांघाईमा रहेका मुख्य कूटनीतिज्ञ मासारु ओकाडा लगायत जापानी कूटनीतिज्ञ डोङले भेटेका थिए, जसलाई ‘जासुसी संगठन’को एजेन्टको नाम दिइएको थियो।
प्रहरीले शुक्रबार अदालतको सुरक्षामा ७ प्रहरी कारहरू नजिकै पार्क गरेर बसेका पत्रकारहरूलाई क्षेत्र छाड्न आग्रह गरेको थियो।
‘कुनै प्रमाणले विश्वलाई चीनको न्याय प्रणालीको दिवालियापन घोषणा गर्दैन् भन्ने आधारमा सजाय सुनाइएको छ,’ परिवारको विज्ञप्तिमा भनिएको छ।
पेकिङ युनिभर्सिटी ल स्कूलबाट स्नातक गरेपछि डोङ सन् १९८७ मा गुआङ्मिङ डेलीमा सामेल भएका थिए र त्यसको कमेन्टरी खण्डको उपसम्पादकको जिम्मेवारीमा थिए।
उनका लेखहरूले राष्ट्रपति सी जिनपिङको प्रत्यक्ष आलोचना नगरे पनि मध्यम सुधारको वकालत गर्दै आएका थिए ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया