मुगुको लिब्रूमा गाडी पुग्यो

मुगु । मुगुको उत्तरी सोरु गाउँपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीय खुसी भएका छन् ।सोरु–४ लिब्रू गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीय खुसी भएका हुन् ।
मुगु–हुम्ला लिङ्क सडकअन्तर्गत सोरुको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रू सडकको १३ किलोमिटर सडकको ट्रयाक खुलेसँगै पहिलोपटक लिब्रू गाउँमा गाडी पुगेको हो । गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयले बताएका छन् ।
यो सडक निमार्णमा सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रमको करिब रु दुई करोड लगानीमा सडक निर्माण भएको जनाइएको छ । सोरुकोट–मसिनमेला हुँदै लिब्रू सडकको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
गाउँपालिकामा रहेका ११ वडाका ५६ बस्तीमध्ये अधिकांश वडा–बस्तीमा सडक सञ्जाल जोडिएको छ । हरेक वडा–बस्तीमा सडक जोड्ने लक्ष्य तथा उद्देश्य बमोजिम करिब ५० बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा आगामी वर्षसम्म जसरी भए पनि सडक पुर्याउने पनि अध्यक्ष शाहीले बताए । उनका अनुसार यो सडकलाई हुम्ला कर्णालीमा बेलिब्रिजको व्यवस्थापन गरी कर्णाली करिडोरसँग जोडिने छ ।
सोरुकोट–मसिनामेला हुँदै लिब्रु जोड्ने सडकले मुगुका नागरिकलाई मात्र सहज नभई हुम्लाका नागरिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो सडकले हुम्लाका सर्केगाडा, अदानचुली र चंखेली गाउँपालिकाका नागरिकलाई पनि यातायाताका क्षेत्रमा सहज हुने भएको छ ।
















युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया