मलेसियामा बाढीका कारण एक लाख भन्दा बढी विस्थापित
मेरोन्यूज
२०८१ मंसिर १५ गते १६:३२

मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षा पछि आएको ठूलो बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
यो सङ्ख्या सन् २०१४ मा देशमा आएको बाढीको समयमा विस्थापित एक लाख १८ हजारलाई नाघेको छ भने अधिकारीहरूले यो अझै बढ्न सक्ने बताएका छन् ।
केलान्तान, तेरेन्गानु र सारवाकमा मृत्यु हुनेको सङ्ख्या चार रेकर्ड भएको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीको तथ्याङ्क अनुसार केलान्तान राज्य बाढीको चपेटामा परेको छ । बाढीको बाट प्रभावित हुने मध्ये ६३ प्रतिशत रहेका छन् ।
तेरेन्गानुमा लगभग ३५ हजार मानिसहरूलाई विस्थापित भएका थिए भने बाँकी विस्थापितहरू अन्य सात राज्यहरूबाट रिपोर्ट गरिएको थियो ।
यस हप्ताको सुरुमा भएको भारी वर्षा केलान्तानको पासिर पुतेह सहरमा जारी रह्यो, जहाँ मानिसहरू जलमग्न सडकहरूबाट हिंडिरहेको देख्न सकिन्थ्यो ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया