आइतबार, वैशाख १३, २०८३

बंगलादेशलाई नेपालले दियो १४२ रनको लक्ष्य

मेरोन्यूज २०८१ मंसिर १६ गते १४:२०

काठमाडौं । यू-१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

Advertisement
NiccNicc

आइतबार युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको हो।

ओपनर आकाश त्रिपाठीले बनाएको ४३ रन बनाएका थिए। उनले ७७ बलमा ५ चौका प्रहार गरे।

यस्तै उत्तम थापा मगरले २९ रन बनाए । अविशेक तिवारीले २९ रन जोडे। अन्य ब्याटरले भने दोहोरो अंकको स्कोर छुन सकेनन्।

बंगलादेशले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो।

प्रतिक्रिया