बङ्गलादेशमा सौर्य ऊर्जा संयन्त्र निर्माणका लागि एडीबी र एमएसईएलबीच सम्झौता

मनिला। एसियाली विकास बैङ्क (एडिबी) ले सोमबार बङ्गलादेशमा ग्रिड जडान गरिएको ‘सौर्य फोटोभोल्टिक पावर प्लान्ट’ स्थापना गर्न मुक्तागाचा सोलारटेक एनर्जी लिमिटेड (एमएसएएल) सँग २४.३ मिलियन अमेरिकी डलरको वित्तीय प्याकेजमा हस्ताक्षर गरेको छ ।
बङ्गलादेशस्थित ऊर्जा कम्पनी जुल्स पावर लिमिटेडको स्वामित्वमा रहेको एमएसइएलका लागि वित्तीय प्याकेजको व्यवस्था गरिएको एडिबीले जनाएको छ ।
परियोजनाले २० मेगावाट ग्रिड जडित सौर फोटोभोल्टिक पावर प्लान्ट निर्माण र सञ्चालन गर्नेछ भने वार्षिक ३७.९ गिगावाट–घण्टा बिजुली उत्पादन गर्ने गरी वार्षिक १८ हजार ३४४ टन कार्बन डाइअक्साइड उत्सर्जनबाट जोगाउने जनाइएको छ ।
परियोजनाको उद्देश्य बङ्लादेशमा प्रगति र दिगो ऊर्जा समाधानहरू अगाडि बढाउनु हो । दीर्घकालीन वित्तपोषणले नवीकरणीय ऊर्जा विकासमा निजी क्षेत्रको संलग्नता प्रवद्र्धन गरी नवीकरणीय परियोजनाको पूँजी आवश्यकता सम्बोधन गर्ने निजी क्षेत्र सञ्चालनका लागि एडिबीका महानिर्देशक सुजैन गाबोरीले बताएका छन् ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया