महोत्तरीमा आगलागीबाट १ करोड बढीको क्षति
मेरोन्यूज
२०८१ मंसिर १७ गते १३:५०

महोत्तरी । विद्युत् सट भई आगलागी हुँदा यहाँको बर्दिबास नगरपालिका–१४ मा एक करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबास–जलेश्वर सडकको औरहीरोडस्थित न्यू दुर्गा इलेक्ट्रिक सप्लायर्स पसलमा गएराति आगलागी हुँदा विद्युतीय सामान जलेको थियो ।
रामसेवक महतोको तीनतले घरको भूइँतलाका १३ वटा सटरमध्ये छ वटामा राखिएका सामान आगलागीबाट जलेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ का सहाजिस नदाफले घर भाडामा लिइ विद्युतीय सामानको पसल सञ्चालन गर्दै आएका थिए।
स्थानीय, सेना र प्रहरीका साथै रामगोपालपुर नगरपालिकासहितको चारवटा दमकल प्रयोग गरी आगो निभाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।
सम्बन्धित
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया