पातारासी गाउँपालिकामा नेपाल टेलिकमको सेवा विस्तार

काठमाडौँ । नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत जुम्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको जनाएको छ । पातारासी गाउँपालिका(२ मा नयाँ साइट निर्माण गरी २०८१ मङ्सीर १६ देखि टुजीरफोरजी मोबाइल सेवा सञ्चालन गरिएको विज्ञप्तीमा उल्लेख छ ।
जिल्लाको अतिविकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नम्बर १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँलगायत स्थानमा बसोबास गर्ने बासिन्दाहरू पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् ।
दूरदराजका क्षेत्रमा दूरसञ्चार सेवा पुऱ्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरूको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवा विस्तार गरेको जनाएको छ ।
यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटक तथा यस क्षेत्रका पर्यटनलगायत अन्य व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया