‘अपाङ्गता समावेशी’ व्यवस्थाको प्रभावकारी कार्यान्वयनको माग

काठमाडौँ। राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले नेपालका विपद्सम्बन्धी कानुन र नीतिमा समावेश ‘अपाङ्गता समावेशी’ व्यवस्थालाई व्यवहारिक रुपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।
महासंघका अध्यक्ष देवीदत्त आचार्यले राज्यले प्रदान गर्दै आएको अपाङ्गता भएका व्यक्तिहरुको हक र अधिकारबाट अझै पनि ग्रामिण र दुर्गम भेगका नागरिक वञ्चित रहेको बताए ।
उनले अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गर्ने सरकारी मापदण्डको कार्यान्वयनमा राज्य संयन्त्रहरु नै कमजोर रहेको बताएका छन् । सरकारले बनाएका नियम र कानूनमा उल्लेखित भएका कुराहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका जीवनमा सुनिश्चित हुनेगरी राज्यले आफ्नो क्षमता विकास गन जरुरी रहेको उनको भनाइ छ ।
अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा यहाँ आज पत्रकार सम्मेलन गरी पहुँचयुक्ततासम्बन्धी मापदण्ड अझै विस्तृत र अनिवार्य कार्यान्वयन गराउन सहरी विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमित अनुगमन गर्नुपर्नेसमेत माग गरेको छ ।
“विपद् व्यवस्थापन र मानवीय संकटको अवस्थामा काम गर्ने अन्तर्राष्ट्रिय निकाय र गैर सरकारी संस्थाका कामलाई अपाङ्गता समावेशी बनाउन पैरवी र प्राविधिक सहयोग गर्दै अपाङ्गता भएका व्यक्तिका लागि कानुनमा भएका विभेदकारी व्यवस्थाहरू हटाउनका लागि पैरवी गर्नुपर्ने आवश्यकता देखिन्छ”, विज्ञप्तिमा भनिएको छ ।
सोही अवसरमा महासङ्घका महासचिव सुगम भट्टराईले अपाङ्गता भएका व्यक्तिको कानुनी क्षमताको स्वीकार्यतालाई सुनिश्चित गर्न र सहयोगमा आधारित निर्णय प्रक्रियालाई प्रवद्र्धन गराउन पहल गर्नुपर्ने र अपाङ्गताको परिभाषा र वर्गीकरणलाई वैज्ञानिक र अन्तर्राष्ट्रिय मान्यता अनुसार बनाउन त्यसमा समेटिन नसकेका अपाङ्गता समूहलाई समेट्नका लागि पहल गर्नुपर्ने जोड दिए ।
अपाङ्ता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस यही डिसेम्बर ३ तारिखमा विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर एकीकृत रूपमा प्रवद्र्धन गर्न सन् १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।
यस वर्षको अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस २०२४ को मूल नारा अपाङ्गता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयन र दिगो विकास लक्ष्यका अपाङ्गतासम्बन्धी सूचक प्राप्ति गराउने ध्येयमा आधारित छ । जसले अपाङ्गता भएका व्यक्तिको नेतृत्व र निर्णय प्रक्रियामा प्रभावकारी भूमिका जोड दिन्छ ।
उक्त धारा २९ मा रहेको राजनीतिक अधिकार र सार्वजनिक जीवनमा सहभागितासँग सम्बन्धित छ । जसले अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक प्रक्रियामा समान र प्रभावकारी रूपमा सहभागी हुने अधिकार प्रदान गर्दछ ।
त्यस्तै यो वर्षको नारा दिगो विकास लक्ष्यको लक्ष्य १० र १६ मा रहेको समावेशी समाजको विकास र सामाजिक न्याय प्रवद्र्धनसँग सम्बन्धित छ ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घले तय गरेको अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस २०२४ को मूल ‘इम्पिलिफाइङ दि लिडरसिप अफ परसन्स विथ डिजाविलिटिज फर एन इन्क्लुसिभ एण्ड सस्टेनेबल फ्युचर’ रहेको छ भने सोही नाराको परिप्रेक्ष्यमा रही नेपाल सरकारद्वारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ तय गरिएको छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया