बाराको १६ वटै पालिकामा सार्वजनिक बिदा

बारा । गत मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले सार्वजनिक बिदा दिइने भएको छ ।बारा जिल्लाको १६ वटै पालिका प्रमुख ,उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको मंसिर ०२ गते बसेको बैठकको निर्णय अनुसार १६ वटै पालिकामा सार्वजनिक बिदा दिइनेछ ।
प्रत्येक पाँच पाँच बर्षमा विश्व प्रसिद्ध गढीमाई मेला बाराको बरियारपुरमा लाग्दै आएको छ ।प्रत्येक पाँच पाँच वर्षमा मेला लाग्ने भएकोले मेलालाई अवलोकन गर्नको लागि बारा जिल्लाका १६ वटै पालिकाहरुले ४ दिन देखि लिएर ५ दिन सम्म स्थानिय चाड पर्व बिदा अन्तर्गत पालिकाहरुमा बिदा दिइने महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए।
यता विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारे जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानिय चाड पर्व बिदा अन्तर्गत उपमहानगर मातहतका सबै वडा कार्यालय ,सम्पूर्ण कार्यालयहरु ,शैक्षिक संस्थाहरु,संघ संस्थाहरु ,बैंक तथा बित्तीय संस्थाहरु मंसिर २१ गते देखि लिएर २४ गते सम्म बन्द रहने जीतपुरसिमरा उपमहानगरपालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
मंसिर ०२ गते बसेको १६ वटै पालिका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृतहरुको बैठकमा गढीमाई मेलालाई सफल तथा ब्यवस्थित रुपमा संचालन ब्यवस्थापन गर्नुको साथै गढीमाई क्षेत्रको पर्यटकीय ,संस्कृतिक बिकास प्रवर्द्धन गर्नको लागि मंसिर २१ गते देखि लिएर २५ गते सम्म अति आवश्यक सेवा बाहेक सम्पूर्ण वडा कार्यालय र बैंक बितिय,शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं पन्चबर्षिय गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले बताए ।
मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाईको बेला मंसिर ३० गते सम्म लाग्ने छ ।शनिवार देखि गढीमाई मेलामा दर्शनार्थीहरुको घुइँचो लाग्न सुरु भएको छ ।बाराका सबै पालिकाले गढीमाई मेला ब्यवस्थापनमा सहयोग गर्ने सहमती समेत भएको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ । यो भन्दा पहिला महागढीमाई नगरपालिकाले मंसिर २१ गते देखि लिएर २५ गते सम्म बिदा रहने बारे सुचना मार्फत नगरबासिलाई जानकारी दिइसकेको छ ।
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया