अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने भएका हुन् । उनको यो भ्रमण ३ डिसेम्बरदेखि १० डिसेम्बरसम्मको हुने छ ।
अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सहायक विदेशमन्त्री लुले नेपालमा रहँदा शीर्ष नेता र युवा नेताहरूसँग भेटवार्ता पनि गर्ने छन् । भेटवार्ता पर्यावरण संरक्षण, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र नेपालको समृद्धिमा सहयोग बढाउने विषयमा केन्द्रित हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।उनको यो भ्रमणले दक्षिण एसियाका साझेदार मुलुकसँगको सम्बन्ध मजबुत हुने र क्षेत्रीय समृद्धिका लागि बल पुग्ने अमेरिकाको विश्वास छ । लुले यसअघि पनि तीन पटक नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लो पटक उनी गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया