अल्ट्रा धावक भारत प्रस्थान
मेरोन्यूज
२०८१ मंसिर १८ गते १८:४६
काठमाडौं । आईएयु एक सय किलोमिटर विश्व च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज भारतको बैङ्लुरु प्रस्थान गरेको छ ।
यही मङ्सिर २२ गते हुने उक्त प्रतियोगितामा भुमिराज राई, सन्तोषनाथ योगी र लाक्पा निमा शेर्पाले प्रतिस्पर्धा गर्ने छन् । तीनै खेलाडी नेपाल प्रहरीमा आवद्ध छन् । प्रतियोगितामा खेलाडी सहभागी गराउन नेपाल एडभेन्चर रनिङ महासङ्घले छनोट प्रतियोगिता आयोजना गरेको थियो ।
टोली प्रमुखमा नेपाल एडभेन्चर रनिङ महासङ्घका कार्यवाहक अध्यक्ष राजन खत्री, प्रशिक्षकमा बाबुराजा श्रेष्ठ र अफिसियलमा रविन्द्र श्रेष्ठ रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले आजै एक कार्यक्रमबीच बिदाइ गरे ।
सम्बन्धित
















कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया