दक्षिण कोरियामा संकटका बेला गरिने सैन्य शासनको घोषणा

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति यून सुक यउलले देशमा मार्शल ल (संकटका बेला गरिने सैन्य अधिकारीको शासन) को घोषणा गरेका छन्।
यउलको पिपुल पावर पार्टी र मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीबीच अर्को वर्षको बजेटका बारेमा असहमत भइरहेका बेला यस्तो घोषणा गरिएको हो । पूर्व संकेत बिनै यउलले सबैलाई चकित पार्दै मार्शल लको घोषणा गरेका हुन् । मंगलबार राति गरिएको टेलिभिजन सम्बोधनमा उनले देशलाई उत्तर कोरियाली कम्युनिष्ट बलहरूबाट जोगाउन र राज्यविरोधी तत्वहरूलाई समाप्त गर्न उक्त कदम चाल्न आवश्यक भएको बताएका छन् ।
समाचार संस्था योन्हापका अनुसार सत्तारूढ र विपक्षी दुवै पार्टीले उक्त घोषणाको विरोध गर्दै त्यसलाई रोक्ने प्रतिबद्धता जनाएका छन्।
विपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता ली जे–म्युङले उक्त घोषणालाई “असंवैधानिक” भनेका छन्।
राष्ट्रपति यउलको पार्टीका प्रमुख हान डोङ–हुनले पनि उक्त घोषणालाई “गलत” भनेका छन्।
राजधानी सोलस्थित नेशनल एसेम्ब्लीको भवनबाहिर ठूलो भिड जम्मा भएको छ र त्यहाँ ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । मार्शल ल उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले पक्राउ पुर्जि बिनै नियन्त्रणमा लिन सक्नेछन् ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया