दक्षिण कोरियामा संकटका बेला गरिने सैन्य शासनको घोषणा

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति यून सुक यउलले देशमा मार्शल ल (संकटका बेला गरिने सैन्य अधिकारीको शासन) को घोषणा गरेका छन्।
यउलको पिपुल पावर पार्टी र मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीबीच अर्को वर्षको बजेटका बारेमा असहमत भइरहेका बेला यस्तो घोषणा गरिएको हो । पूर्व संकेत बिनै यउलले सबैलाई चकित पार्दै मार्शल लको घोषणा गरेका हुन् । मंगलबार राति गरिएको टेलिभिजन सम्बोधनमा उनले देशलाई उत्तर कोरियाली कम्युनिष्ट बलहरूबाट जोगाउन र राज्यविरोधी तत्वहरूलाई समाप्त गर्न उक्त कदम चाल्न आवश्यक भएको बताएका छन् ।
समाचार संस्था योन्हापका अनुसार सत्तारूढ र विपक्षी दुवै पार्टीले उक्त घोषणाको विरोध गर्दै त्यसलाई रोक्ने प्रतिबद्धता जनाएका छन्।
विपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता ली जे–म्युङले उक्त घोषणालाई “असंवैधानिक” भनेका छन्।
राष्ट्रपति यउलको पार्टीका प्रमुख हान डोङ–हुनले पनि उक्त घोषणालाई “गलत” भनेका छन्।
राजधानी सोलस्थित नेशनल एसेम्ब्लीको भवनबाहिर ठूलो भिड जम्मा भएको छ र त्यहाँ ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । मार्शल ल उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले पक्राउ पुर्जि बिनै नियन्त्रणमा लिन सक्नेछन् ।











आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया