सोमबार, जेठ ५, २०८२

प्रचण्डले बोलाए पदाधिकारी बैठक

मेरोन्यूज २०८१ मंसिर १९ गते १७:४८

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (बिहीबार) बिहान साढे ८ बजे खुमलटारमा बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने बताइएकाे छ । साथै स्थानीय तह उपनिर्वाचन, प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण, केन्द्रीय समिति बैठकको तयारी लगायत विषयमा पनि छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया