वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी

काठमाडौं । नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस प्रदेशको वीरगन्जमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ ।
मंगलबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकारिया लगायतले नामी ईभीको अनावरण गरेको कम्पनीले बताएको छ ।
कम्पनीले आफ्नो सेग्मेन्टको सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट दाबी गरेको नामी ईभीले मधेस प्रदेशको बजारमा नयाँ बेन्चमार्क स्थापित गर्ने कम्पनीको भनाइ छ ।
ह्याचब्याकको रूपमा वर्गीकृत भए पनि गाडी अन्य ब्रान्डका प्रतिस्पर्धीको तुलनामा ठूलो रहेको कम्पनीले जनाएको छ । गाडीको लम्बाइ, चौडाइ र यसमा रहेको प्रविधि विशेष रहेको कम्पनीको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री नेपालले विद्युतीय गाडीको भविष्य नेपालमा उज्ज्वल रहेको बताए । पछिल्लो परिवेशमा वातावरणमैत्री सवारीसाधनप्रतिको आकर्षण बढ्दै गएको स्वीकार गर्दै विद्युतीय सवारीसाधनको प्रयोगलाई बढवा दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा एमएडब्लू वृद्धिमोटर्सका डिलर प्रमुख गोभिन्द भुसालले नामी ईभीले देशव्यापी रूपमा ग्राहकहरूबाट व्यापक मान्यता र प्रशंसा पाइरहेको भन्दै कम्पनीले बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्त्व दिने बताए । “ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,” उनले भने ।
यस्तै, एमएडब्लू वृद्धि मोटर्स र नारायणी अटोकर्पले वीरगन्जमा नयाँ शोरुमको उद्घाटन गर्ने तयारी गरेको छ । ग्राहकहरूलाई थप आकर्षित गर्न एमएडब्लू वृद्धिले मधेस प्रदेशको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प मंसिर १९ गते बुधबारदेखि २१ गतेसम्म आयोजना गरिरहेको छ ।
















काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै
असिनाले फलफूल र तरकारी बालीमा क्षति
Demonstration held in Kakarvitta demanding justice to Inisha
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया