सिजी मोटर्स र टिटि ग्लोबल प्रालिद्वारा पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर हस्तान्तरण

काठमाडाैं । सिजी मोटर्स र टिटि ग्लोबल प्रालिद्वारा पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर हस्तान्तरण गरेको छ । सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार आयोजित एक कार्यक्रमबीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीलाई चार्जर हस्तान्तरण गरेका हुन् ।
कम्पनीको कार्यालय परिसर पोखरामा चार्जिङ स्टेसन स्थापना गरिने बताइएको छ । चार्जिङ स्टेसन विस्तार पछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायीहरू लाभान्वित हुने विश्वास गरिएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताए । आगामी दिनमा सिजी मोटर्ससँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको बताए ।
सिजी मोटर्सले देशभर दुई सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेको छ । अबको एक वर्षभित्र थप दुई सय स्थानमा बिस्तार गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले जानकारी दिए ।
टिटि ग्लोबलले पोखराका लागि केवाइसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्रीवितरण गर्दै आइरहेको छ । टिटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टिटी ग्लोबल प्रतिबद्ध रहेको बताए । बिक्री पछिको सेवा प्राथमिकतामा रहेको उनले बताए ।
सिजी मोटर्स प्रालि, नेपालमा केवाईसी , किङ्गलोङ्ग, निटा, दायुन, रिडारा, एक्ष्पेङ्ग, जीएसी , स्मार्ट , र अवतार आधिकारिक वितरक हो । कम्पनीले अधिकतम चार्जिङ स्टेसन र सेवा केन्द्रहरूका साथ नेपालको अटोमोबाइल उद्योगमा नेतृत्व गर्दै आएको छ ।















निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया