नेपाली सडकमा फेरि देखा पर्यो ईकुटर ब्रान्डको स्कुटर

काठमाडौं। केहि वर्षअघि नेपाली बजारमा गुणस्तरीय उत्पादनका रूपमा चिनिएको ईकुटर ब्रान्डको इलेक्ट्रिक स्कुटर फेरि नेपाली सडकमा देखा परेको छ । प्राप्त जानकारी अनुसार, यो स्कुटरलाई जेरो एमिसन राइड एनले नेपाली बजारमा पुनः प्रस्तुत गरेको हो ।
हालै नेपाली सडकमा ईकुटर स्कुटरको परीक्षण गरिरहेको फोटो सार्वजनिक भएको छ । यस विषयमा थप जानकारी लिन खोज्दा जेरो एमिसन राईड एनका सेल्स हेड शंकर शर्माले यस स्कुटरको पुनरागमनको पुष्टि गरे । उनका अनुसार, ईकुटर स्कुटरलाई उचित मूल्यमा छिट्टै नेपाली बजारमा उतारिनेछ । ‘अहिले स्कुटरको आन्तरिक परीक्षण भइरहेको छ । यो परीक्षणले स्कुटरको नेपाली भूभागमा प्रदर्शन र टिकाउपनाको आकलन गर्न मद्दत गर्नेछ’ उनले भने ।
जेरो एमिसन राईड एनले विगत लामो समयदेखी लुयान ब्रान्डका स्कुटर समेत आयत गरि बिक्री गर्दै आएको छ । कम्पनीले देशका विभिन्न स्थानमा डिलर नेटवर्क समेत विस्तार गरिसकेको छ भने बिक्री पछिको सेवाका लागि सबैभन्दा धेरै नेटवर्क बनाएको छ ।
ईकुटरको पुनरागमनले नेपाली बजारमा विद्युतीय स्कुटरको प्रतिस्पर्धालाई थप बलियो बनाउने विश्वास गरिएको छ । यसले नेपाली उपभोक्ताहरूलाई गुणस्तरीय, टिकाउ र वातावरणमैत्री यातायातको थप विकल्प प्रदान गर्नेछ । कम्पनीले यो स्कुटरलाई उच्च गुणस्तरका साथ उचित मूल्यमा उपलब्ध गराउने विश्वास दिलाएको छ ।















निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया