सेयर बजार २७३४ अंकमा झर्यो, घट्यो कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशलमव ९३ अंकले घटेर २,७३४ को विन्दुमा बन्द भएको छ । आज ४० कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको २० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९५ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् । एलआइसी नेपालका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।














शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया