बीआरआईका परियोजनाबारे छुट्टै छलफल हुन्छ, अहिलेका सम्झौता ऋणका होइनन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल हुने बताएका छन्।
चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिले चीन भ्रमणको क्रममा भएका सम्झौता ऋणमा हुने गरि नगरिएको जानकारी दिए।
‘अस्ति मैले आमसभामा पनि ऋण लिन जाँदै छैनौं। ऋण सम्बन्धि कुरा पनि चलेन, छलफल पनि भएन। हामीले यस पटक बीआरआईअन्तर्गतका विभिन्न परियोजनाका कुरा गर्यौं।’हरेक परियोजनामाअन्तर्गत पछि हामी छुट्टै छलफल गर्छौं, सम्झौता गर्छौं, कसरी कार्यान्वयन गर्ने भनेर।’ओलीले थपे,‘हामीले अहिले जे प्राप्त गरेका छौं, सम्झौता ऋण होइन। ऋणको कुरा किन आउँछ। ऋणको सारंगी किन पटक-पटक बजिरहेको छ। ह सञ्चारमाध्यमबाट पनि सोही अनुसार समाचार आएका छन्। ऋणसँग सरोकार राख्दैन, हरेक प्रोजेक्टको छुट्टाछुट्टै सम्झौता हुन्छन्।’
ओलीले हरेक परियोजना कसरी कार्यान्वयन हुने भन्नेबारे पछि छलफल हुने बताए।
बेइजिङमा बुधबार दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कामु सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका थिए।














रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको मृत्यु
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया