रास्वपा भलिवलको बल हो, जति हिर्कायो उति माथि जान्छ

भक्तपुर । राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले रातो क्रान्तिमा जाने चेतावनी दिएका छन् ।
पार्टीको भक्तपुर जिल्लाको ऐतिहासिक प्रथम जिल्ला भेलाका विषयमा विहीबार भक्तपुरमा भएको पत्रकार सम्मेलनका वक्ताहरुले यस्तो चेतावनी दिएका हुन्
।
पार्टी भक्तपुर जिल्लाका संयोजक रामेश्वर बस्नेतले आफूहरुको क्रान्ति निलो क्रान्ति भएको तर यही तरिकाले पार्टीमाथि दमन भइरहे आफूहरुको क्रान्ति निलोबाट रातोमा जाने चेतावनी दिए ।
उनले जिल्ला भेला शुद्ध भेला मात्रै होइन, आन्दोलनसमेत भएको बताए । उनले भेला शक्ति प्रदर्शन पनि रहेको बताए । भेलामा भक्तपुरका प्रत्येक वडाहरुबाट जनता स्वतस्फुर्ट उर्लने दावी उनले गरे ।
भक्तपुरमा चार वटा नगरपालिकाहरु भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण छन् । ती नगरपालिकाहरुमा कुल ३८ वटा वडाहरु छन् । भेलामा एउटा वडाबाट पार्टीमा आधिकारिक रुपमा आवद्ध मात्रै घटीमा ५० पचास जना सहभागी हुने जिल्ला सभापति बस्नेतले दावी गरे ।
भेलालाई पार्टीका उपसभापति डिपी अर्याल, सोविता गौतम, विराज भट, सन्तोष परियारलगायतले सम्वोधन गर्ने जनाइएको छ ।
सम्मेलनमा युवा नेता साजन विकले पार्टी सभापति रवि लामिछानेलाई समाप्त पार्न सरकार लागिपरेको भन्दै एकजना रविलाई सकाउन खोज्दा रास्वपामा हजारौं रविहरु जन्मिसकेको बताए ।
सहकारीको ८७ अर्व अपचलनलाई देखाएर ६५ करोडको अपचलनमा सरकार केन्द्रित भएको उनको भनाई थियो । उनले पार्टी वर्तमान ठूला भनिएका दलहरुको विकृति र विसंगतिको विरुद्ध जन्म भएको कोट्याउंदै पछिल्लो संसदीय निर्वाचनमा २१ जना भ्रष्टलाई रोक्न सफल भएको दावी गरे ।
रास्वपाका २१ जना सांसद निर्वाचित भएकाले २१ ज्ना अन्य भ्रष्टहरुलाई रोक्न सफल भएको उनको भनाई थियो ।
उनले रास्वपा भलिवलको बल हो, जति थचार्याे उति माथि जान्छ, उति ठूलो हुन्छ भने । साथै उनले देश भ्रष्टाचारमुक्त हुन्छ भने पार्टी र पार्टी नेताहरु सकिन तयार भएको पनि प्रष्ट पारे । अहिलेको सरकारले जनतालाई सुशाशन दिन नसकेको तर देश लुटेर खानेहरुले भने मज्जाले सुशाशन पाइरहेको भनाई उनले राखे ।
कार्यक्रममा पार्टी भक्तपुर निर्वाचन श्रेत्र नं.१ समिति सभापति रुकेश रञ्जित, निर्वाचन श्रेत्र नं.२ समिति उपसभापति प्रल्हाद कार्की, भक्तपुर नगर सभापति राजेश शिल्पकार, सूर्यविनायक नगर सभापति भाइकृष्ण श्रेष्ठ, चांगुनारायण नगर सभापति रोशन थापा र मध्यपुर ठिमी नगर सभापति न्हुछें मानन्धरलगायतले आआफनो नगरका पार्टी गतिविधिहरुबो जानकारी गराए ।
कार्यक्रम पत्रकार सम्मेलन आयोजक नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमको सञ्चालन सोसाइटीका महासचिव केशव लुइटेलले गरेका थिए ।















Slight decline in gold, silver prices
जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
महाकाली नदी किनारमा एक महिला मृत फेला
धरानबाट हत्या अभियोगमा एक जना पक्राउ
हेटौँडा– नारायणगढ सडकअन्तर्गत ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया