बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने
मेरोन्यूज
२०८१ मंसिर २१ गते १०:३१

त्रिशूली (नुवाकोट) । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार यहाँ आयोजना गरेको प्रदेशस्तरीय योजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री बहादुरसिंह लामाले योजना बैंक’ स्थापना गर्ने बताएका हुन् ।
मुख्यमन्त्रीले पहुँचका आधारमा योजना छनोट गर्ने परम्पराको अन्त्यका लागि ‘योजना बैंक’ आवश्यक भएको बताउँदै त्यसनिम्ति कानुन बनाएर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेश नीति तथा योजना आयोगलाई अधिकारसम्पन्न बनाउने दृढता पनि उनले व्यक्त गरे ।
गोष्ठीमा प्रदेशअन्तर्गतका नुवाकोट, धादिङ र रसुवास्थित कार्यालय र स्थानीय तहका प्रतिनिधिले आगामी आर्थिक वर्षका लागि योजना प्रस्ताव गरेका थिए ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया