सवारी दुर्घटनामा दुई जनाको मृत्यु
मेरोन्यूज
२०८१ मंसिर २१ गते १९:०५

काठमाडौं । सवारी दुर्घटनामा परी विभिन्र स्थानमा दुई जनाको मृत्यु भएकाे छ ।
मकवानपुर, बकैया गाउँपालिका-५ झाक्रीडाँडा नजिक सडकमा ना.८ ख २४३० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक चितवन घर भएका ४५ वर्षीय सानु लो तामाङको मृत्यु भएको हाे ।
यस्तै नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका-३ कालिगण्डकी करिडोरमा रामपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको ग.१६ प १६६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक तनहुँ ऋसिङ्ग गाउँपालिका-४ बस्ने ३० वर्षीय सोम कुमार श्रेष्ठको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया