सवारी दुर्घटनामा दुई जनाको मृत्यु
मेरोन्यूज
२०८१ मंसिर २१ गते १९:०५

काठमाडौं । सवारी दुर्घटनामा परी विभिन्र स्थानमा दुई जनाको मृत्यु भएकाे छ ।
मकवानपुर, बकैया गाउँपालिका-५ झाक्रीडाँडा नजिक सडकमा ना.८ ख २४३० नम्बरको टिपर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक चितवन घर भएका ४५ वर्षीय सानु लो तामाङको मृत्यु भएको हाे ।
यस्तै नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका-३ कालिगण्डकी करिडोरमा रामपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको ग.१६ प १६६९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक तनहुँ ऋसिङ्ग गाउँपालिका-४ बस्ने ३० वर्षीय सोम कुमार श्रेष्ठको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित













लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया