शुक्रबार, जेठ २, २०८२

५ जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

मेरोन्यूज २०८१ मंसिर २१ गते १७:००

काठमाडौँ। प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ५ जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबिच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरूमा डा। केदार खड्गी, डा। छन्द बहादुर बुढाथोकी, डा। पवन कुमार राय, डा। सुवर्ण कुँवर र श्याम कुमार मण्डल रहेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. केदार खड्गीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया