दक्षिण कोरियाका राष्ट्रपतिको विरोधमा दशौँ हजार प्रदर्शनकारी सडकमा उत्रिने

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको विरोधमा शनिबार दशौं हजार मानिसले प्रदर्शनमा सहभागिता जनाउने सूचना आफुहरूले पाएको सियोल प्रहरीले जनाएको छ ।
सियोल महानगर प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शनिबार शहरको केन्द्र र येओइदो क्षेत्र (सियोलमा) मा दशौं हजार सहभागीहरू सम्मिलित ठूलो मात्रामा भेला र प्रदर्शन हुने सूचना प्रहरीले प्रप्त गरेको छ । स्थितिलाई गम्भीर हुन नदिन र सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै प्रशासनले केही सडकहरूमा आवत जावतमासमेत प्रतिबन्ध लगाएको छ ।”
कोरियन नेशनल प्रहरीका एक प्रवक्ताले एएफपीलाई बताएअनुसार आयोजकले ‘करिब दुई लाख’ मानिस उपस्थित गराउने बताएका छन् ।
युनले मङ्गलबार अबेर राति सैनिक शासनको घोषणा गर्नुभएको थियो भने उक्त कदमको विरोधमा हजारौँले प्रदर्शन गरेपछि कोरियाली संसदमा भएको निर्वाचनमा सांसदहरूले राष्ट्रपतिको उक्त घोषणा उल्टाउने पक्षमा मतदान गरेका थिए ।
विपक्षीहरूले महाभियोग प्रस्ताव अघि सारेका छन् जुन शनिबार अबेर मतदान हुने तय भएको थियो, जबकि युनको आफ्नै पार्टीका प्रमुखले शुक्रबार उनलाई पदबाट हटाउन माग गरेका थिए ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया