मिडिया नेपालले पत्रकार महासंघको निर्वाचन बहिष्कार गर्ने

काठमाडौं । मिडिया नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा भाग नलिने भएको छ । महासंघको निर्वाचनमा मिडिया नेपालले भाग नलिने र बहिष्कार गर्ने निर्णय गरेको छ ।
“महासंघको घिनलाग्दो गतिविधिले धेरै अग्रज र सकृय पत्रकार महासंघको सदस्य बन्न रुचाउँदैनन्,” मिडिया नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “आफ्नो पेसा नै पत्रकारितामा बनाएका साथीहरू बाहिर बसेर कहिल्यै पत्रकारितामा नदेखिएहरूको हालिमुहाली रहेको महासंघको निर्वाचनमा मिडिया नेपालले भाग नलिने र बहिष्कार गर्ने निर्णय गरेको छ ।”
महासंघको निर्वाचन पत्रकारको नभएर पार्टीको भातृ संगठनको निर्वाचन भएको मिडिया नेपालले टिप्पणी गरेको छ । महासंघको निर्वाचन र मतदानमा सहभागी नहुन र मतदान समेत नर्गन सक्रिय पत्रकारहरूलाई मिडिया नेपालले आह्वान गरेको छ ।
“सक्कली पत्रकार बाहिर बसेर टुलुटुलु हेर्न र नक्कली पत्रकारको हालिमुहाली भएको नेपाल पत्रकार माहासंघको चुनाव मिडिया नेपालले टुलुटुलु हेर्न सक्दैन र बहिस्कार र बिरोध गर्दछ,” मिडिय नेपालका अध्यक्ष गोपाल प्रसाद पौड्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
















स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया