अफ्रिकामा एमपक्सबाट मृत्यु हुनेको संख्या १२ सय पुग्यो

अदिस अबाबा । अफ्रिकामा चलिरहेको एमपक्स प्रकोपबाट मृत्यु हुनेको संख्या १२ सय पुगेको छ । यो वर्ष अहिलेसम्म रेकर्ड गरिएका मामिलाहरूको सङ्ख्या ६२ हजार नाघेको छ ।
अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भने,“वर्षको सुरुदेखि २० अफ्रिकी देशहरूमा ६२ हजार १७१ एमपक्स मामिलाहरू रिपोर्ट गरिएको छ, जसमध्ये १३ हजार ५७९ पुष्टि भएको र मर्नेहरूको सङ्ख्या बढेर १२ सय पुगेको छ ।”
अफ्रिकी युनियनको विशेष स्वास्थ्य सेवा एजेन्सीले गत हप्ता मात्र अफ्रिकी महाद्वीपमा दुई हजार ७०८ नयाँ केसहरू रेकर्ड गरिएको जनाएको छ, जसमा ५६५ पुष्टि भएका घटनाहरू र ३६ मृत्युहरू छन् ।
कासियाले थपे,“यदि हामीले जनवरीको पहिलो हप्तालाई नोभेम्बर सन् २०२३ को अन्तिम हप्तासँग तुलना गर्ने हो भने हामीसँग ७१६ प्रतिशतले वृद्धि भएको छ । यदि हामीले यो प्रवृत्तिलाई निरन्तरता दियौँ भने, सन् २०२४ को अन्त्यसम्ममा हामीसँग केसहरूमा ८०० प्रतिशत भन्दा बढी वृद्धि हुनेछ । कोभिड–१९ महामारी पछि एमपक्स अफ्रिकाले सामना गरिरहेको सबैभन्दा ठूलो प्रकोप हो ।”
एमपक्स पहिलो पटक सन् १९५८ मा भेटिएको थियो । यो एक दुर्लभ भाइरल रोग हो, जुन सामान्यतया शरीरको तरल पदार्थ, श्वासप्रश्वासको थोपा र अन्य दूषित पदार्थहरू मार्फत फैलिन्छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया