८ लाख खर्चेर विद्यालयमा विज्ञान प्रयोगशाला

मान्म (कालीकोट) । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ मेहेलमुडीस्थित पञ्चदेवल माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना भएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानसम्बन्धी प्रयोगात्मक परीक्षणका लागि प्रयोगशाला स्थापना भएको हो ।
कक्षा १ देखि १२ सम्म अध्यापन हुने पञ्चदेव माध्यमिक विद्यालयमा किर्डाक नेपाल कालीकोट र सान्नीत्रिवेणी गाउँपालिकाद्वारा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत विद्यालयमा प्रयोगशाला स्थापना भएको छ ।
पुस्तकालय, प्रयोगशाला र सूचना प्रविधिबारे विद्यार्थीलाई जानकारी दिने उद्देश्यले विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक जयाकुमारी देवकोटाले बताइन्।
“प्रयोगशाला स्थापना गर्न जिल्लास्थित किर्डाक नेपाल र प्लान नेपालको सहयोगमा रु छ लाख २४ हजार ३७, सान्नीत्रिवेणी गाउँपालिकाले रु एक लाख ५० हजार, विद्यालयबाट रु ५० हजार लगानी गरिएको छ”, प्रअ देवकोटाले भनिन्, “विद्यालयमा अध्यापन गर्ने विद्यार्थीले विज्ञानसम्बन्धी जानकारी र आवश्यक ज्ञान वृद्धि गर्न प्रयोगात्मक काममा प्रयोगशाला सहयोगी बन्ने अपेक्षा लिएका छौँ ।”
विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइ थप प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए । “अहिले विद्यालयमा प्रयोगशाला सञ्चालनमा ल्याएका छौँ । आगामी दिनमा सूचना प्रविधिसम्बन्धी सामग्री थप गर्दै लैजाने योजना छ”, उनले भने, “पालिकाका सबै विद्यालयमा विज्ञान प्रयोगशालासँगै हरित विद्यालय बनाउन लागिरहेका छौँ ।”
विद्यालयमा प्रयोगशाला नहुँदा विद्यार्थीका लागि प्रयोगात्मक कक्षा सञ्चालन गर्न कठिनाइ भइरहेको थियो । प्रयोगशाला सञ्चालन भएसँगै प्रभावकारी सिकाइसहित प्रयोगात्मक ज्ञान प्राप्त हुने विद्यालयका विज्ञान शिक्षक रत्नलाल अधिकारीले बताए । “प्रयोगशालाका लागि पर्याप्त सामग्री उपलब्ध भएपछि विद्यालयको कक्षाकोठामा छुट्टै प्रयोगशाला स्थापना गरिएको छ”, उनले भने ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया