सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारी कामकाजमा तथा कार्यालयमा स्वदेशमा उत्पादित वस्तुको प्रयोग अनिवार्य गर्नुपर्ने बताएका छन् ।
सोफा उत्पादक संघको आज प्रथम साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वदेशी वस्तुलाई देशमा खपत गर्न सकेमा आयात प्रतिस्थापनमा सहयोग पुग्ने र विदेशिने अर्थतन्त्रलाई स्वदेशमै परिचालन गर्न सकिने बताए । रोजगारी तथा राष्ट्रिय उत्पादन वृद्धि गर्न सरकारले कृषि, पर्यटन तथा पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गुणस्तरीय उत्पादनमा जोड दिँदै निर्यातमूलक उद्योगलाई सरकारले सहुलियत उपलब्ध गराउन आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सदस्य खेम लोहनीले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्न राष्ट्रिय उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै डढेलो नियन्त्रण तथा चार कोसे क्षेत्रमा काठका स्रोत खेर गइरहेकाले त्यसलाई सदुपयोग गर्ने नीति लिनुपर्ने विचार व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले देश विकासका लागि उत्पादन वृद्धि गरी रोजगारी सृजना गर्नुपर्ने विचार व्यक्त गरे ।
संस्थाका अध्यक्ष तारालाल धरेलले देशभर दुई सय उद्योग रहेको जानकारी दिँदै १० हजार जनालाई रोजगारी उपलब्ध गराएको जानकारी दिए । उनले सरकारी कार्यालयमा नेपाली सोफाको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, नेपाल फर्निचर तथा फर्निसिङ संघका उपाध्यक्ष राममणि गैरेले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्र र सरकारको समन्वय र सहकार्यको खाँचो औँल्याउँदै राष्ट्रिय पुँजीपतिको रक्षा गर्नुपर्नेमा जोड दिए ।















जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
महाकाली नदी किनारमा एक महिला मृत फेला
धरानबाट हत्या अभियोगमा एक जना पक्राउ
हेटौँडा– नारायणगढ सडकअन्तर्गत ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया