सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारी कामकाजमा तथा कार्यालयमा स्वदेशमा उत्पादित वस्तुको प्रयोग अनिवार्य गर्नुपर्ने बताएका छन् ।
सोफा उत्पादक संघको आज प्रथम साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वदेशी वस्तुलाई देशमा खपत गर्न सकेमा आयात प्रतिस्थापनमा सहयोग पुग्ने र विदेशिने अर्थतन्त्रलाई स्वदेशमै परिचालन गर्न सकिने बताए । रोजगारी तथा राष्ट्रिय उत्पादन वृद्धि गर्न सरकारले कृषि, पर्यटन तथा पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गुणस्तरीय उत्पादनमा जोड दिँदै निर्यातमूलक उद्योगलाई सरकारले सहुलियत उपलब्ध गराउन आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सदस्य खेम लोहनीले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्न राष्ट्रिय उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै डढेलो नियन्त्रण तथा चार कोसे क्षेत्रमा काठका स्रोत खेर गइरहेकाले त्यसलाई सदुपयोग गर्ने नीति लिनुपर्ने विचार व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले देश विकासका लागि उत्पादन वृद्धि गरी रोजगारी सृजना गर्नुपर्ने विचार व्यक्त गरे ।
संस्थाका अध्यक्ष तारालाल धरेलले देशभर दुई सय उद्योग रहेको जानकारी दिँदै १० हजार जनालाई रोजगारी उपलब्ध गराएको जानकारी दिए । उनले सरकारी कार्यालयमा नेपाली सोफाको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, नेपाल फर्निचर तथा फर्निसिङ संघका उपाध्यक्ष राममणि गैरेले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्र र सरकारको समन्वय र सहकार्यको खाँचो औँल्याउँदै राष्ट्रिय पुँजीपतिको रक्षा गर्नुपर्नेमा जोड दिए ।










राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया