एनपीएलमा सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित
मेरोन्यूज
२०८१ मंसिर २३ गते १६:२४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पहिलाे हार व्यहाेरेकाे छ ।
आइतबार त्रिवि मैदानमा भएकाे खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हाे।
सुदूरपश्चिमले यसअघि भएका आफ्ना ३ वटै खेलमा जित निकालेकाे थियाे । उसले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।
आज चितवनले दिएकाे १६५ रनकाे लक्ष्य पछ्याउने क्रममा १८.२ ओभरमा १३१ रनमा अल आउट भएपछि सुदूरपश्चिमकाे अपराजित यात्रामा राेक लागेकाे हाे ।
आजकाे खेलपछि चितवन र सुदूरपश्चिमले ४ खेलबाट समान ६ अंक जाेडेका छन् ।
चितवनले यसअघि काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो ।
सम्बन्धित











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया