एनपीएलमा सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित
मेरोन्यूज
२०८१ मंसिर २३ गते १६:२४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पहिलाे हार व्यहाेरेकाे छ ।
आइतबार त्रिवि मैदानमा भएकाे खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हाे।
सुदूरपश्चिमले यसअघि भएका आफ्ना ३ वटै खेलमा जित निकालेकाे थियाे । उसले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।
आज चितवनले दिएकाे १६५ रनकाे लक्ष्य पछ्याउने क्रममा १८.२ ओभरमा १३१ रनमा अल आउट भएपछि सुदूरपश्चिमकाे अपराजित यात्रामा राेक लागेकाे हाे ।
आजकाे खेलपछि चितवन र सुदूरपश्चिमले ४ खेलबाट समान ६ अंक जाेडेका छन् ।
चितवनले यसअघि काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो ।
सम्बन्धित
















हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया