‘पुष्पा २’ को स्क्रिनिङमा महिला मृत्यु प्रकरणमा ३ जना पक्राउ

काठमाडौं । चलचित्र ‘पुष्पा २’ को प्रिमियरको क्रममा भएको भागदौडका क्रममा एक महिलाको मृत्यु भएको प्रकरणमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थिएटर सञ्चालक सन्दीप, थिएटर म्यानेजर नागराजु र बालकनी सुपरभाइजर रहेका छन् ।
पक्राउको पुष्टि चिक्कडपल्लीका एसीपी एल। रमेश कुमारकले भिडियो शेयर गरेका गरेका छन् । भिडियोमा उनले भनेका छन्– ‘आज जाँचका क्रममा यस घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अदालतमा पेश गरेका छौँ । यिनीहरूलाई न्यायिक हिरासतमा पनि पठाइएको छ । यसैबिच, घाइते बालक निको भइरहेका छन् ।’
जानकारी अनुसार घटनापछि मृतकका परिवारले प्रहरीमा उजुरी दिएका थिए । तीनै जनाविरुद्ध भारतीय न्याय संहिता ऐनको धारा १०५ र ११८ (१) र ३ (५) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
घटना के थियो ?
गएको बुधबार राति हैदरावादको सन्ध्या थिएटरमा ‘पुष्पा २’ को विशेष प्रिमियर थियो । यस कार्यक्रममा फिल्मका मुख्य अभिनेता अल्लु अर्जुन पनि पुगेका थिए । हलबाहिर उनलाई हेर्न भीड जम्मा भएको थियो ।
एक्कासी भागदौड मच्चिँदा रेवती नाम गरेकी एक महिलाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । घाइते हुनेमा रेवतीका ९ वर्षीय छोरा श्रेतेज पनि थिए ।
आफ्नो श्रीमती र छोराको अवस्थाको जिम्मेवार अभिनेता अल्लु अर्जुन भएको मृतक महिलाका पतिको भनाइ छ । अभिनेताको टिमले उनी थिएटरमा आउन लागेको कुरा प्रहरीलाई भनेको भए यति ठूलो घटना हुने थिएन भन्ने उनको तर्क छ ।
यो घटनापछि अल्लुले मृतक महिलाको परिवारलाई २५ लाख भारु सहयोग गर्ने घोषणा गरेका छन् ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया