‘पुष्पा २’ को स्क्रिनिङमा महिला मृत्यु प्रकरणमा ३ जना पक्राउ

काठमाडौं । चलचित्र ‘पुष्पा २’ को प्रिमियरको क्रममा भएको भागदौडका क्रममा एक महिलाको मृत्यु भएको प्रकरणमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थिएटर सञ्चालक सन्दीप, थिएटर म्यानेजर नागराजु र बालकनी सुपरभाइजर रहेका छन् ।
पक्राउको पुष्टि चिक्कडपल्लीका एसीपी एल। रमेश कुमारकले भिडियो शेयर गरेका गरेका छन् । भिडियोमा उनले भनेका छन्– ‘आज जाँचका क्रममा यस घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अदालतमा पेश गरेका छौँ । यिनीहरूलाई न्यायिक हिरासतमा पनि पठाइएको छ । यसैबिच, घाइते बालक निको भइरहेका छन् ।’
जानकारी अनुसार घटनापछि मृतकका परिवारले प्रहरीमा उजुरी दिएका थिए । तीनै जनाविरुद्ध भारतीय न्याय संहिता ऐनको धारा १०५ र ११८ (१) र ३ (५) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
घटना के थियो ?
गएको बुधबार राति हैदरावादको सन्ध्या थिएटरमा ‘पुष्पा २’ को विशेष प्रिमियर थियो । यस कार्यक्रममा फिल्मका मुख्य अभिनेता अल्लु अर्जुन पनि पुगेका थिए । हलबाहिर उनलाई हेर्न भीड जम्मा भएको थियो ।
एक्कासी भागदौड मच्चिँदा रेवती नाम गरेकी एक महिलाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । घाइते हुनेमा रेवतीका ९ वर्षीय छोरा श्रेतेज पनि थिए ।
आफ्नो श्रीमती र छोराको अवस्थाको जिम्मेवार अभिनेता अल्लु अर्जुन भएको मृतक महिलाका पतिको भनाइ छ । अभिनेताको टिमले उनी थिएटरमा आउन लागेको कुरा प्रहरीलाई भनेको भए यति ठूलो घटना हुने थिएन भन्ने उनको तर्क छ ।
यो घटनापछि अल्लुले मृतक महिलाको परिवारलाई २५ लाख भारु सहयोग गर्ने घोषणा गरेका छन् ।















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया