जाडोमा छालाको हेरचाह कसरी गर्ने ? यस्ता छन् १२ टिप्स

जाडो मौसम छालाको लागि खासै अनुकूल मानिदैन् किनकी यसबेला बाहिरी वातावरण सुख्खा हुन्छ । चिसो र सुख्खापनाले छालामा सोझै असर पार्दछ । अझै काठमाडौंलगायतका शहरी क्षेत्रमा हुने धूलो धुँवाले छालालाई नकारात्मक असर पारिरहेकै हुन्छ । त्यसैले जाडोयाममा छालाको सौन्दर्य कायम राख्न अन्य समयभन्दा अलि बढी नै ध्यान दिनुपर्छ ।
छालाको चमक कसरी जोगाउने ?
१. छालालाई सुख्खा रहन नदिन अनुहारमा मोस्चराइजर तथा शरीरमा बडी लोसनको प्रयोग गर्ने ।
२. पर्याप्त मात्रामा पानीको सेवन गर्ने ।
३. अनुहारमा तातो पानीको बाफ लिने, यसले बन्द भएको रोमछिद्रलाई खुलाउँछ ।
४. हातले हल्का मसाज गर्ने । यसले अनुहारमा रक्तसञ्चारलाई बढाउँदछ ।
५. मौसमी फलफुलको सेवन गर्ने ।
६. सावुनको प्रयोग कम गर्ने अथवा मोस्चराईजिङ साबुन तथा फेस वासको प्रयोग गर्ने ।
७. ओठलाई सुख्खा हुन नदिन लिप बामको प्रयोग गर्ने ।
८. घाममा जानुभन्दा १५ मिनेट अगाडि राम्रो एसपिएफ भएको सनब्लक वा सनस्क्रिनको प्रयोग गर्ने ।
९. चिसो पानीमा धेरै समय काम नगर्ने ।
१०. धेरै तातो पानीले ननुहाउने ।
११. शारीरिक सरसफाइमा विशेष ध्यान दिने ।
१२. छालासम्बन्धी केही जटिल समस्या देखा परेमा छाला विशेषज्ञसँग तुरुन्तै परामर्श लिने ।


















पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया