यस्तो छ आजको मौसम पूर्वानुमान
मेरोन्यूज
२०८१ मंसिर २७ गते ६:३६
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । राति पनि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु साथै केही स्थानमा कुहिरोको सम्भावना छ।
सम्बन्धित
प्रतिक्रिया