भारतीय राष्ट्रपति मुर्मुद्वारा प्रधान सेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई भारतीय सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति सिग्देललाई आज राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
नेपाल-भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ ।
प्रधान सेनापति सिग्देलले आजै भारतका माननीय रक्षा मन्त्री श्री राजनाथ सिंहसँग शिष्टाचार भेटघाट गरेका छन् । त्यसै गरी, उनले स्थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेका छन् ।
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
प्रतिक्रिया