गुगलमा सबैभन्दा धेरै खोजिने सेलिब्रेटी बनिन् हिना खान

काठमाडौं । सन् २०२४ सकिन केही दिन मात्रै बाँकी छ । यसैबीच गुगलले यो वर्ष सबैभन्दा धेरै खोजिएका सेलिब्रेटीहरूको सूची सार्वजनिक गरेको छ ।
यो लिस्टमा तीन भारतीय स्टार मात्रै परेका छन् । जसमा टिभी अभिनेत्री हिना खान, तेलुगु अभिनेता पवन कल्याण र निम्रत कौरको नाम समावेश छ ।
हिना खान गुगलको २०२४ को ग्लोबल सर्च लिस्टमा पाँचौं स्थानमा छिन्। अभिनेत्रीले आफ्नो इन्स्टाग्राम स्टोरीमा २०२४ को टप सर्च लिस्टको स्क्रिनसट सेयर गरेकी छिन् ।
उनले लेखेकी छन्, ‘यो नयाँ उपलब्धिको लागि धेरैले मलाई बधाई दिइरहेका छन्, तर इमानदारीपूर्वक भन्नुपर्दा यो मेरो लागि न त उपलब्धि हो न गर्व गर्ने कुरा हो।’
अभिनेत्रीले थप लेखेकी छिन्, ‘कसैको स्वास्थ्य समस्या वा विवादका कारण अनलाइन सर्च हुनु कुनै उपलब्धि होइन । म मेरो कडा परिश्रम र उपलब्धिहरु को लागी मान्यता प्राप्त गर्न चाहन्छु, अन्य कारणले होइन।
हिना खानले ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौटी जिंदगी की’ जस्ता शोहरूमा काम गरिसकेकी छिन्। यस वर्षको सुरुमा अभिनेत्रीले आफ्नो स्तन क्यान्सर भएको जानकारी दिएकी थिइन् । यतिबेला उनी आफ्नो रोगसँग पूर्ण साहसका साथ लड्दैछिन् र हरेक दिन सामाजिक सञ्जालमा आफ्ना अनुभव सेयर गरिरहेकी छिन् ।
पवन कल्याण विश्व खोज सूचीमा दोस्रो स्थानमा छन् । अभिनेता तेलुगु सिनेमामा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छन्। उनी अभिनेता मात्र नभएर राजनीतिज्ञ पनि हुन् । उसै वर्ष उनी आन्ध्र प्रदेशको उपमुख्यमन्त्री बने।
गुगलको ग्लोबल सर्च लिस्टमा अभिनेत्री निम्रत कौर आठौं नम्बरमा छिन् । उनी ‘द लन्चबक्स’, ‘दासवी’ र ‘एयरलिफ्ट’ जस्ता फिल्ममा देखिएकी छिन् । फिल्मबाहेक यो वर्ष अभिनेत्री अभिषेक बच्चनसँगको अफेयरका कारण पनि चर्चामा रहेकी थिइन् ।
















पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया