गुगलमा सबैभन्दा धेरै खोजिने सेलिब्रेटी बनिन् हिना खान
काठमाडौं । सन् २०२४ सकिन केही दिन मात्रै बाँकी छ । यसैबीच गुगलले यो वर्ष सबैभन्दा धेरै खोजिएका सेलिब्रेटीहरूको सूची सार्वजनिक गरेको छ ।
यो लिस्टमा तीन भारतीय स्टार मात्रै परेका छन् । जसमा टिभी अभिनेत्री हिना खान, तेलुगु अभिनेता पवन कल्याण र निम्रत कौरको नाम समावेश छ ।
हिना खान गुगलको २०२४ को ग्लोबल सर्च लिस्टमा पाँचौं स्थानमा छिन्। अभिनेत्रीले आफ्नो इन्स्टाग्राम स्टोरीमा २०२४ को टप सर्च लिस्टको स्क्रिनसट सेयर गरेकी छिन् ।
उनले लेखेकी छन्, ‘यो नयाँ उपलब्धिको लागि धेरैले मलाई बधाई दिइरहेका छन्, तर इमानदारीपूर्वक भन्नुपर्दा यो मेरो लागि न त उपलब्धि हो न गर्व गर्ने कुरा हो।’
अभिनेत्रीले थप लेखेकी छिन्, ‘कसैको स्वास्थ्य समस्या वा विवादका कारण अनलाइन सर्च हुनु कुनै उपलब्धि होइन । म मेरो कडा परिश्रम र उपलब्धिहरु को लागी मान्यता प्राप्त गर्न चाहन्छु, अन्य कारणले होइन।
हिना खानले ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौटी जिंदगी की’ जस्ता शोहरूमा काम गरिसकेकी छिन्। यस वर्षको सुरुमा अभिनेत्रीले आफ्नो स्तन क्यान्सर भएको जानकारी दिएकी थिइन् । यतिबेला उनी आफ्नो रोगसँग पूर्ण साहसका साथ लड्दैछिन् र हरेक दिन सामाजिक सञ्जालमा आफ्ना अनुभव सेयर गरिरहेकी छिन् ।
पवन कल्याण विश्व खोज सूचीमा दोस्रो स्थानमा छन् । अभिनेता तेलुगु सिनेमामा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छन्। उनी अभिनेता मात्र नभएर राजनीतिज्ञ पनि हुन् । उसै वर्ष उनी आन्ध्र प्रदेशको उपमुख्यमन्त्री बने।
गुगलको ग्लोबल सर्च लिस्टमा अभिनेत्री निम्रत कौर आठौं नम्बरमा छिन् । उनी ‘द लन्चबक्स’, ‘दासवी’ र ‘एयरलिफ्ट’ जस्ता फिल्ममा देखिएकी छिन् । फिल्मबाहेक यो वर्ष अभिनेत्री अभिषेक बच्चनसँगको अफेयरका कारण पनि चर्चामा रहेकी थिइन् ।
प्रतिक्रिया