सेटमा बिरामी हुँदा सलमानले मेरो निकै ख्याल राखे : रश्मिका मन्दना

काठमाडाैं । अभिनेत्री रश्मिका मन्दना यतिबेला फिल्म ‘पुष्पा २’ को सफलताको मजा लिइरहेकी छिन् । अभिनेत्री अब चाँडै सलमान खानको फिल्म सिकन्दरमा देखिनेछिन् ।
रश्मिकाले हालै फिल्मको सुटिङको क्रममा भएकाे एउटा घटना सेयर गरेकी छिन् । उनले सेटमा आफु बिरामी पर्दा सलमान खानले निकै ख्याल राखेको बताइन् ।
इन्डिया टुडेसँग कुरा गर्दै रश्मिकाले भनिन्, ‘सलमानसँग काम गर्नु मेरो लागि सपना साकार भएको जस्तो हो । उहाँ एक साधारण र डाउन टु अर्थ व्यक्ति हुनुहुन्छ। जब शूटिंङकाे क्रममा मलाई ठीक थिएन। सलमानले थाहा पाउने बित्तिकै मलाई म ठीक भए नभएकाे सोधे र क्रु लाई स्वस्थ खाना, तातो पानी र अन्य सबै कुरा दिन भने।’
मिडिया रिपोर्टका अनुसार रश्मिका र सलमानले हालै एउटा उत्सव गीतको सुटिङ गरेका छन् । यस वर्षको अन्त्यसम्ममा युरोपमा थप दुई गीत छायांकन हुनेछ । यसबाहेक, फिल्मको पहिलो पोस्टर सलमानको जन्मदिन अर्थात् २७ डिसेम्बरमा रिलिज हुने खबर पनि आएको छ ।
फिल्म सिकन्दर सन् २०२५ मा रिलिज हुनेछ।
















पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
प्रतिक्रिया