सेटमा बिरामी हुँदा सलमानले मेरो निकै ख्याल राखे : रश्मिका मन्दना

काठमाडाैं । अभिनेत्री रश्मिका मन्दना यतिबेला फिल्म ‘पुष्पा २’ को सफलताको मजा लिइरहेकी छिन् । अभिनेत्री अब चाँडै सलमान खानको फिल्म सिकन्दरमा देखिनेछिन् ।
रश्मिकाले हालै फिल्मको सुटिङको क्रममा भएकाे एउटा घटना सेयर गरेकी छिन् । उनले सेटमा आफु बिरामी पर्दा सलमान खानले निकै ख्याल राखेको बताइन् ।
इन्डिया टुडेसँग कुरा गर्दै रश्मिकाले भनिन्, ‘सलमानसँग काम गर्नु मेरो लागि सपना साकार भएको जस्तो हो । उहाँ एक साधारण र डाउन टु अर्थ व्यक्ति हुनुहुन्छ। जब शूटिंङकाे क्रममा मलाई ठीक थिएन। सलमानले थाहा पाउने बित्तिकै मलाई म ठीक भए नभएकाे सोधे र क्रु लाई स्वस्थ खाना, तातो पानी र अन्य सबै कुरा दिन भने।’
मिडिया रिपोर्टका अनुसार रश्मिका र सलमानले हालै एउटा उत्सव गीतको सुटिङ गरेका छन् । यस वर्षको अन्त्यसम्ममा युरोपमा थप दुई गीत छायांकन हुनेछ । यसबाहेक, फिल्मको पहिलो पोस्टर सलमानको जन्मदिन अर्थात् २७ डिसेम्बरमा रिलिज हुने खबर पनि आएको छ ।
फिल्म सिकन्दर सन् २०२५ मा रिलिज हुनेछ।













दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
प्रतिक्रिया