सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मेरोन्यूज
२०८१ मंसिर २८ गते २०:४५

पश्चिमी सुडानको आवासीय छिमेक र विस्थापन शिविरहरूमा विद्रोही अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) को गोलाबारीमा कम्तीमा ४५ नागरिकको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका छन् ।
गोलाबारीले दक्षिणी इलाका एल फशर सहरको दक्षिणमा रहेको जम्जाम विस्थापन शिविर र उत्तरमा अबु शौक शिविरलाई निशाना बनाएको थियो ।
आरएसएफले आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन ।
मे १० देखि, पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फशरमा एसएएफ र आरएसएफ बीच भीषण झडप भएको छ ।
सुडान मध्य अप्रिल सन् २०२३ देखि एसएएफ र आरएसएफ बीच विनाशकारी द्वन्द्वको चपेटामा छ ।
अन्तर्राष्ट्रिय सङ्गठनहरूको अनुमान अनुसार सुडानमा द्वन्द्वको परिणामस्वरूप २७ हजार भन्दा बढीको मृत्यु र सुडान भित्र वा बाहिर १४ लाख भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
सम्बन्धित













New Year 2026 begins
सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
सिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया