सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मेरोन्यूज
२०८१ मंसिर २८ गते २०:४५

पश्चिमी सुडानको आवासीय छिमेक र विस्थापन शिविरहरूमा विद्रोही अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) को गोलाबारीमा कम्तीमा ४५ नागरिकको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका छन् ।
गोलाबारीले दक्षिणी इलाका एल फशर सहरको दक्षिणमा रहेको जम्जाम विस्थापन शिविर र उत्तरमा अबु शौक शिविरलाई निशाना बनाएको थियो ।
आरएसएफले आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन ।
मे १० देखि, पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फशरमा एसएएफ र आरएसएफ बीच भीषण झडप भएको छ ।
सुडान मध्य अप्रिल सन् २०२३ देखि एसएएफ र आरएसएफ बीच विनाशकारी द्वन्द्वको चपेटामा छ ।
अन्तर्राष्ट्रिय सङ्गठनहरूको अनुमान अनुसार सुडानमा द्वन्द्वको परिणामस्वरूप २७ हजार भन्दा बढीको मृत्यु र सुडान भित्र वा बाहिर १४ लाख भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया