जनकपुरविरुद्ध ब्याटिङ गर्दै चितवन
मेरोन्यूज
२०८१ मंसिर २९ गते १३:०६

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सविरूद्ध चितवन राइनोजले टस जितेको छ। टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
६ खेलबाट १० अंक जोडेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। आजको खेलमा जित निकाले जनकपुरको शीर्ष दुई स्थान पक्का हुनेछ भने पहिलो क्वालिफायर खेल्नेछ।
चितवनले जित निकालेको अवस्थामा प्लेअफ जित्ने सम्भावना बलियो हुनेछ। चितवनको जितले दुई टोली लिग चरणबाट बाहिरिनेछन्। छैटौं स्थानको विराटनगर किंग्स र सातौं स्थानको पोखरा एभेन्जर्स लिग चरणको अन्तिम खेलअघि बाहिरिनेछन्।
सम्बन्धित











यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
पुस १३ गते आइतबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
प्रतिक्रिया