बिहीबार, वैशाख १०, २०८३

जनकपुरविरुद्ध ब्याटिङ गर्दै चितवन

मेरोन्यूज २०८१ मंसिर २९ गते १३:०६

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सविरूद्ध चितवन राइनोजले टस जितेको छ। टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

Advertisement
NiccNicc

६ खेलबाट १० अंक जोडेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। आजको खेलमा जित निकाले जनकपुरको शीर्ष दुई स्थान पक्का हुनेछ भने पहिलो क्वालिफायर खेल्नेछ।

चितवनले जित निकालेको अवस्थामा प्लेअफ जित्ने सम्भावना बलियो हुनेछ। चितवनको जितले दुई टोली लिग चरणबाट बाहिरिनेछन्। छैटौं स्थानको विराटनगर किंग्स र सातौं स्थानको पोखरा एभेन्जर्स लिग चरणको अन्तिम खेलअघि बाहिरिनेछन्। 

प्रतिक्रिया