स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले म्याग्देमा निर्माण गरिएको दश शय्याको अस्पताल भवनको आज उद्घाटन गरेका छन् ।
प्रत्येक स्थानीय तहमा १० शय्याको अस्पताल निर्माण गर्ने संघ सरकारको निर्णय बमोजिम म्याग्दे गाउँपालिका-४ थर्पुमा निर्माण गरिएको भवनको मन्त्री पौडेलले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा पूर्वप्रतिनिधिसभा सदस्य केदार सिग्देल, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेलगायत सहभागी भएका थिए । अस्पताल भवन निर्माण सम्पन्न भएसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार अस्पतालमा एक जना करारमा डा नियुक्त गरिएको छ । त्यस्तै दुई जना ल्याबमा कर्मचारी नियुक्त गरिसकिएको छ ।
रु. सात करोड ३४ लाख ५० हजार एक सय ९६ को लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि बिसं २०७८ जेठ २ गते ऋषि शक्ति होम निर्माण जेभीसँग सम्झौता भएको थियो । उक्त भवन बिसं २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद रहे पनि विविध कारणले काममा ढिलाइ भएको अधिकारीले जानकारी दिए ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया