विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला

काठमाडौं । सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, शारदा नगरपालिका-१ शान्तिनगर बस्ने ६६ वर्षीय डम्बर बुढाथोकी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै बाग्लुङ, बडिगाड गाउँपालिका-६ छिसफाटस्थित नालीको पानीमा सोही गाउँपालिका-७ बस्ने ४० वर्षीय जनक रावल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
स्याङ्जा, पुतलीबजार नगरपालिका-३ काफलडाँडा घर्तिगाउँ बस्ने ६३ वर्षीय गोपाल घर्ति सोही ठाउँस्थित गोरेटो बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, धुनिवेशी नगरपालिका-५ अमलेचौर बाह्रबिसेस्थित सत्य ईट्टाभट्टाको कम्पाउण्डभित्र सोही नगरपालिका-८ बरथुम्की बस्ने २६ वर्षीय ईश्वर लामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, लालबन्दी नगरपालिका-६ स्थित शिव मन्दिरको प्रतिक्षालयमा महोत्तरी बर्दिवास नगरपालिका-१४ घर भएका ५५ वर्षीय मोहन साह सोनार आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाहीकै बरहथवा नगरपालिका-३ झिगाही टोल बस्ने ४५ वर्षीया सिकिलिया देवी महतो आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
कपिलवस्तु, शिवराज नगरपालिका-६ पैकिवण्डा बस्ने शालिकराम अहिरको छोरी १५ वर्षीया शान्ति यादव सोही ठाउँस्थित गडगौडा खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
माथिकै सबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया